गन्यापधुराको प्रसिद्ध कैलपालमा आज रतेडी भोली जाँत 

SITENAME

 

सुदूरआवाज 

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं ४ मा रहेको प्रसिद्ध कैलपाल देवताको मन्दिरमा आज रतेडी र भोली दिउँसेडी जाँत मनाईन लागेको छ ।
अरु वर्षझैं यो वर्षपनि जाँत धुमधामका साथ मनाईने तयारी थालिएको गन्यापधुरा गाउँपालिका वडा नं ४ का अध्यक्ष नरेश कुमार भट्टले वताए । धार्मिक,साँस्कृतिक तथा सामाजिक महत्व वोकेको कैलपाल जाँतमा डडेल्धुरा ,डोटी लगाएत सुदूरपश्चिमका विभिन्न जिल्लाहरुवाट श्रद्धालुहरु आउने गरेका छन ।
देउरो कहाँ–कहाँवाट आउँछ ?
रातभर बाजागाजाका साथ विभिन्न ठाउँहरुवाट आउने चौलो र देउरोहरुले उक्त क्षेत्र मनोरम देखिन्छ । पुरानो रितिथिति अनुरुप देउराहरु आउने गरेका संस्कृतिका जानकारहरु वताउँछन । रित अनुसार पहिलो देउरो कैलपालको आउनु पर्छ, उक्त देउरो आलोपालो जैसेरा वा मेडडीमा रहन्छ । मेडडीवाट देउपालको देउरो,कापडी गाउँवाट दुर्गाको देउरो, उकलीबाटा न्वाधर मुन्टाको देउरो र भूमी देउलीको देउरो आईपुग्छन । । कोही कपड देउमा त कोही सोझै देउथलामा पुग्ने गर्छन । डोटीको थप्साबाट पनि कैलपालमा देउरो आउने गर्छ । 

धार्मिक सांस्कृतिक परम्परा अनुसार कैलपाल मन्दिरमा विभिन्न गाँउ बाट देउरो पु¥याई धुप,पोखलले होम गर्दै पुजा आजा सम्पन्न भए पछि दोस्रो दिन मेला भर्नेको घँुईचो हुने गर्छ । मेलामा शक्तिको प्रतिकका रुपमा यस क्षेत्रको चर्चित चौलो नाच प्रदर्शन गरिन्छ । हातमा नाङ्गो तरबार खेलाउदै दैन दमाह बाजाको तालमा नाच प्रस्तुत गरिने देवि देवताको पुजाआजा गर्दा मनोकामना पुरा हुने धार्मिक आस्था संगै शक्तिका रुपमा चौलो नाच प्रस्तुत गर्ने पुरानो परम्परा अहिले पनि छ । 


लाटागन्यापकै द्रोस्रो देवालयका रुपमा कैलपाल देवालय लाई मानिन्छ । परापुर्वकालमा पस्या भनेर चिनिने गन्यापधुरा गर्खा तथा डोटीको बान्डुंग्रीशैन, थप्सा लगायत क्षेत्रमा बसोवास गर्ने अधिकांस स्थानिय पुजाआजाका समय घर फर्कने गरेका छन । यँहा बाट बसाई सरी अन्यत्र गएकाहरु पनि कैलपाल देवताले नै दिएको एवं हालको अवस्था पनि देवताकै कारणले बनेको वा दिएको भन्ने विश्वासले जाँत मेला पुजाआजाको समय यँहा पुग्ने गरेका छन  ।


कैलपाल जाँत कार्तिक षष्ठीका दिन रतेडी र भोली पल्ट दिउँसेडी जाँत हुने परम्परा रहेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

तीन विधामा स्वर्ण जित्ने डडेल्धुराकी विजया चटौतलाई आमा कन्सल्टेन्सीद्वारा नगदसहित सम्मान

सुदूरआवाज  डडेल्धुरा। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा एथलेटिक्सका तीन विधामा

SITENAME

पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेल्यो : नैनसिंह महर

सुदूरआवाज। धनगढी । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेलेको आरोप लगाएका छन । नेपाल

SITENAME

 प्रदेश अधिवेशन उद्धघाटन गर्न देउवा धनगढी आउँदै

सुदूरआवाज धनगढी।  नेपाली काँग्रेसको १५औं केन्द्रिय अधिवेशन अन्तरगत सुदूरपश्चिम प्रदेश अधिवेशन उद्धघाटन गर्न नेपाली काँग्रेसका पूर्व सभापति

↑