सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षा

SITENAME

 

 आज सुदुरपश्चिम र कर्णाली प्रदेशको केही ठाउँमा पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको हो ।

आज राति गण्डकी प्रदेशका केही ठाउँमा पनि असिनासहित वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एकरदुई ठाउँमा मात्रै वर्षा हुन सक्ने विभागको अनुमान छ ।

आज बेलुकादेखि पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि घट्ने मौसमविद् ढकालले जानकारी दिनुभयो । आउँदा दुई दिन वर्षाका गतिविधि न्यून रहने र त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान रहेको उहाँले बताउनुभयो ।

मौसमविद् ढकालले धान काट्ने समय चलिरहेकाले मौसमको पूर्वानुमानमा ध्यान दिन किसानहरूलाई सुझाव दिनुभएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

  छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले

SITENAME

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी एक/ दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

  आज कोशी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै बागमती र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र

SITENAME

अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजाआजा

  छठ पर्वको मुख्य दिन आज विभिन्न छठघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरेका छन् । हिजो

↑