अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजाआजा

SITENAME

 

छठ पर्वको मुख्य दिन आज विभिन्न छठघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरेका छन् ।

हिजो खरना विधि सम्पन्न गरी आज दिनभर निर्जल तथा निराहार व्रत बसेका व्रतालुले अघि बेलुका बाँसको सुपली र ढकनीमा सजाइएका नरिवल, उखु, केरा, ठेकुवा, फलफूललगायतका पूजासामग्रीसहित अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् । अघि बेलुका ५ बजेर ११ मिनेटमा सूर्यास्त भएको हो ।

अब आज रातभर जागा बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि व्रतालुले प्रसाद ग्रहण गरी आफ्नो कठोर व्रत समापन गर्छन् । भोलि बिहान ६ बजेर २५ मिनेटका सूर्योदय हुनेछ ।

छठ पर्वलाई परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गर्दै मनाइने विशेष पर्वका रूपमा लिइन्छ । यस पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता, सद्भाव र प्रकृतिप्रतिको सम्मानलाई समेत उजागर गर्दछ ।

केही वर्षअघिसम्म तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । २०४६ देखि सरकारले छठ पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष सरकारले उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् भोलि पनि सार्वजनिक बिदा दिएको छ ।

छठ पर्वका अवसरमा तराई, मधेशसँगै काठमाण्डौ उपत्यका र अरू ठाउँका नदी, पोखरी तथा जलाशय झकिझकाउ बनाइएका छन् । छठघाटहरूमा व्रतालुसँगै दर्शनार्थीहरूको ठूलो भीड लागेको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल काठमाण्डौको गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवम् अर्घ्यदान गर्नुभएको छ । छठ पर्वका अवसरमा राष्ट्रपतिले हरेक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

  छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले

SITENAME

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी एक/ दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

  आज कोशी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै बागमती र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र

SITENAME

सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षा

   आज सुदुरपश्चिम र कर्णाली प्रदेशको केही ठाउँमा पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा र

↑