प्रदेश अधिवेशन उद्धघाटन गर्न देउवा धनगढी आउँदै

सुदूरआवाज
धनगढी। नेपाली काँग्रेसको १५औं केन्द्रिय अधिवेशन अन्तरगत सुदूरपश्चिम प्रदेश अधिवेशन उद्धघाटन गर्न नेपाली काँग्रेसका पूर्व सभापति शेरवहादुर देउवा धनगढी आउने भएका छन ।
मंसिर १५ गतेदेखि सुरु हुने प्रदेश अधिवेशन उद्घाटनका लागि देउवा धनगढी आउने नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले जानकारी दिए । मंसिर १५ गते बिहान ११ बजे अधिवेशनको उद्घाटन कार्यक्रम हुनेछ।
प्रदेशका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। केही जिल्लामा अधिवेशन हुन बाँकी रहे पनि अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भएको प्रदेश कार्यसमितिले जनाएको छ।

तीन विधामा स्वर्ण जित्ने डडेल्धुराकी विजया चटौतलाई आमा कन्सल्टेन्सीद्वारा नगदसहित सम्मान
सुदूरआवाज डडेल्धुरा। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा एथलेटिक्सका तीन विधामा

पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेल्यो : नैनसिंह महर
सुदूरआवाज। धनगढी । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेलेको आरोप लगाएका छन । नेपाल

गन्यापधुराको प्रसिद्ध कैलपालमा आज रतेडी भोली जाँत
सुदूरआवाज डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं ४ मा रहेको प्रसिद्ध कैलपाल देवताको मन्दिरमा आज रतेडी र भोली दिउँसेडी जाँत





प्रतिकृया दिनुहोस