तीन विधामा स्वर्ण जित्ने डडेल्धुराकी विजया चटौतलाई आमा कन्सल्टेन्सीद्वारा नगदसहित सम्मान

सुदूरआवाज
डडेल्धुरा। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा एथलेटिक्सका तीन विधामा प्रथम स्थान हासिल गर्दै डडेल्धुराका लागि तीनवटा स्वर्ण पदक जित्न सफल खेलाडी विजया चटौत (विमला)सम्मानित भएकी छन्।
काठमाडौंको अनामनगरस्थित आमा एजुकेसन कन्सल्टेन्सीले चटौतलाई सम्मानपत्रसहित नगद रु। १५ हजार प्रदान गरी सम्मान गरेको हो।
डडेल्धुरामा आयोजित भलिबल फाइनल तथा समापन समारोहका अवसरमा उक्त सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र जिल्ला खेलकुद संघका अध्यक्ष जगत ऐरले सम्मानपत्र हस्तान्तरण गरेका थिए। आमा एजुकेसन कन्सल्टेन्सीका तर्फबाट मनोरथ भट्टले नगद पुरस्कारसहितको चेक हस्तान्तरण गरेका थिए।
चटौतले सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा महिला लङजम्प, १०० मिटर दौड र २०० मिटर दौड गरी एथलेटिक्सका तीनवटै विधामा प्रथम स्थान हासिल गर्दै तीन स्वर्ण पदक जित्न सफल भएकी हुन्। उनको यस उपलब्धिले डडेल्धुरासहित समग्र सुदूरपश्चिम प्रदेशको खेलकुद क्षेत्रको प्रतिष्ठा अभिवृद्धि गर्न योगदान पुर्याएको छ।
आमा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक धिरज भट्ट डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दा हुन्। बिजुलीबजारस्थित कन्सल्टेन्सीमार्फत शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील भट्टले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको पहिचान, सम्मान तथा खेलकुद क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले खेलाडी चटौतलाई प्रोत्साहनस्वरूप सहयोग गरिएको बताए।
उनले खेलकुद राष्ट्रको पहिचान र गौरवसँग जोडिएको क्षेत्र भएकाले खेलाडीको मेहनत, समर्पण र उपलब्धिको सम्मान गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय प्रतिभा र सम्भावनालाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने यस्ता निजी क्षेत्रका पहलले खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै नयाँ पुस्ताका खेलाडीलाई समेत आफ्नो प्रतिभा प्रदर्शन गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेल्यो : नैनसिंह महर
सुदूरआवाज। धनगढी । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेलेको आरोप लगाएका छन । नेपाल

प्रदेश अधिवेशन उद्धघाटन गर्न देउवा धनगढी आउँदै
सुदूरआवाज धनगढी। नेपाली काँग्रेसको १५औं केन्द्रिय अधिवेशन अन्तरगत सुदूरपश्चिम प्रदेश अधिवेशन उद्धघाटन गर्न नेपाली काँग्रेसका पूर्व सभापति

गन्यापधुराको प्रसिद्ध कैलपालमा आज रतेडी भोली जाँत
सुदूरआवाज डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं ४ मा रहेको प्रसिद्ध कैलपाल देवताको मन्दिरमा आज रतेडी र भोली दिउँसेडी जाँत





प्रतिकृया दिनुहोस