पोखराको लगातार चौथो हार

SITENAME


 

नेपाल प्रिमियर लिग ९एनपीएल० मा पोखरा एभेन्जर्सको हारको शृङ्खला रोकिएको छैन । लगातार तीन हारपछि कप्तान परिवर्तन गरेर मैदान उत्रिएको पोखराले चितवन राइनोजविरुद्ध पनि हार बेहोरेको छ । 

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले पोखरालाई ३० रनले पराजित गरेको हो । चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रन बनाएर अलआउट भयो । चार खेलबाट ५ अङ्क जोडेको चितवन तेस्रो स्थानमा उक्लिँदा पोखरा अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

पोखराको ब्याटिङमा अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । ४४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । युवराज सम्राले १९ तथा किरण ठगुन्नाले १३ र अर्जुन घर्तीले  १२ रन जोडे । नयाँ कप्तान चमिका करुणारत्नेको नेतृत्वमा मैदान उत्रिएको पोखराले ओपनिङ जोडीसमेत परिवर्तन गरेको थियो । कुशल भुर्तेलसँगै युवराज सम्रा ओपनिङमा आएका थिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । चितवनका कप्तान सिकन्दर राजाले १६ बलमा ३७ रन बनाए । रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डविड मलानले २८ रनको योगदान दिए ।

पोखराका लागि कप्तानी जिम्मेवारी सम्हालेका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस
SITENAME

एनपीएलको प्लेअफ समिकरण पूरा

नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको प्लेअफको समीकरण पूरा भएको छ । लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र

SITENAME

 एनपीएल  : चितवनलाई हराउँदै कर्णालीको सान्त्वना जीत

  नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ । कर्णालीले दिएको १५४ रनको

SITENAME

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै

   तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे

↑