राष्ट्रिय लिगमा जावलाखेल र प्लानिङ ब्वाइज विजयी

SITENAME

 

 राष्ट्रिय लिग फुटबलमा हिजो भएका खेलमा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो । जावलाखेलका निकालेस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले गोल गरे ।

यो जीतसँगै जावलाखेल ६ खेलमा ९ अङ्कसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पुलिस ६ खेलमा ४ अङ्कसहित १४औँ स्थानमा छ ।

यस्तै एम्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले सङ्कटा एफसीलाई ४–० गोलले हरायो । प्लानिङ ब्वाइजका पापा इबोउ केबेले ह्याट्रिक र श्याम मुर्मुले १ गोल गरे ।

यो जीतसँगै प्लानिङ ब्वाइज ७ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सङ्कटा ७ खेलमा ६ अङ्कसहित १०औँ स्थानमा छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

सन् २०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो

   सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा चलिरहेको

SITENAME

यू–१९ एशिया कप:  नेपाल लगातार दोस्रो खेलमा पराजित

   एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भयो

SITENAME

सभापतिमा देउवाको विकल्प छैन ; महत

  काठमाडाैँ – नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले

↑