इजरायलमा आज आम निर्वाचन, दाउमा नेतान्याहुको सत्ता

SITENAME

 

काठमाडौं । इजरायलमा आज मंगलबार ९२७ अक्टोबर० आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा देशमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ ।

सन् १९९६ देखि हालसम्मको बीचमा नेतान्याहु विभिन्न अवधिमा करिब १७ वर्षभन्दा बढी समय इजरायलको प्रधानमन्त्री भइसकेका छन् ।


उनका समर्थकहरुले उनलाई सुरक्षा मामिलामा बलियो नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर आलोचकहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उनीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।

गाजामा युद्धका क्रममा भएका कथित युद्ध अपराधसम्बन्धी आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

नेतान्याहुविरुद्ध कोको छन् ?

यसपटकको निर्वाचनमा नेतान्याहुलाई चुनौती दिन पूर्वसैनिक प्रमुख गादी आइजेनकोट आफ्नो नयाँ मध्यमार्गी पार्टी ‘याशर’सहित मैदानमा छन् । गाजामा युद्ध चलिरहेका बेला आइजेनकोटले आफ्ना छोरा गुमाएका थिए ।


पूर्वसैनिक प्रमुख गादी आइजेनकोट
त्यस्तै, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र नेतान्याहुका पूर्वसहयोगी तथा पूर्वकमाण्डो यायर लापिडले ‘टुगेदर’ गठबन्धनमार्फत सहकार्य गरेका छन् ।

पूर्वरक्षामन्त्री एविग्डोर लिबरम्यान पनि नेतान्याहुका प्रमुख आलोचकका रूपमा देखिएका छन् । कुनै समय नेतान्याहुका निकट सहयोगी रहेका लिबरम्यान नेतृत्वको ‘इजरायल अवर होम’ पार्टीलाई पूर्वसोभियत संघबाट इजरायल आएका आप्रवासी समुदायको उल्लेख्य समर्थन रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

   काठमाडौं । यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना

SITENAME

चीनतर्फको ठूलो ताल फुट्यो, तिब्बतमा जारी उद्धार अभियान पनि स्थगित , नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन रसुवा प्रशासनको सर्कुलर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जनाएको छ। प्रशासनले चिनियाँ

SITENAME

कोलम्बिया भूकम्पमा परि  १३२ जनाको मृत्यु

काठमाडौं । कोलम्बियामा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले

↑