नेपाली काँग्रेस देउवा समुहले आज देखि डडेल्धुरा सदरमुकाममा जिल्ला अधिवेशन गर्दै

सुदूरआवाज
डडेल्धुरा । नेपाली काँग्रेसको देउवा समुहले आजदेखि डडेल्धुरा सदरमुकाममा १५औं केन्द्रिय महाधिवेशन तथा ८औं जिल्ला अधिवेशन गर्ने कार्यक्रम तय गरेको छ । विहान ११ वजेदेखि निमार्ण व्यावशायी संघको हलमा कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ ।
वडा अधिवेशन तथा पालिका अधिवेशन गरि सकेको नेपाली काँग्रेसले क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन गर्ने तय गरेको छ । कार्तिक १४ र १५ गते अर्थात दुई दिन सम्म तय गरिएको अधिवेशनमा सहभागिताका लागि नेपाली काँग्रेसका जिल्ला संयोजक डिल्लीराज जोशीले आग्रह गरेका छन ।
डडेल्धुरामा दुई प्रदेश निर्वाचन र एक संघीय निर्वाचन क्षेत्र रहेकाले सोही अनुसार प्रतिनिधि सहभागि हुने छन ।
जिल्ला अधिवेशनका सम्पुर्ण तयारीहरु पुरा भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाली काँग्रेस निर्वाचन अधिकृत अधिवक्ता सुरेन्द्र सिंह ऐरका अनुसार अधिवेशनका लागि आवश्यक पर्ने जनशक्ति तथा अन्य व्यवस्थापनका कार्यक्रमहरुका लागि अन्तिम तयारी पुरा भएको छ । आजनै मतदाताहरुको प्रथम नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ । जिल्लामा एक हजार बढि मतदाता हरु छन ।

देउवाको गृह जिल्लामा बाजागाजा सहित भव्य रुपमा गरियो अधिवेशन सुरु
सुदूरआवाज डडेल्धुरा । नेपाली काँग्रेसका पूर्व केन्द्रिय पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा शनिबार

डडेल्धुरा नेपाली काँग्रेस देउवा समुहको जिल्ला अधिवेशन कात्तिक १४ र १५ गते
सुदूरआवाज डडेल्धुरा । नेपाली काँग्रेसको ८औं जिल्ला तथा १५ औं केन्द्रिय अधिवेशन डडेल्धुरामा कार्तिक १४ र १५ गते हुने तय गरिएको छ । जिल्ला सदरमुकाममा

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष







प्रतिकृया दिनुहोस