शेयर बजार सामान्य बढ्यो, कारोबार रकम घट्यो

SITENAME

 

 हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६।६२ अङ्कले बढेर २ हजार ६६४।१३ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा होटल तथा पर्यटन समूहको शेयर १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज १४३ वटा कम्पनीको शेयर बढेकोमा १२२ वटाको घटेको छ । १४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज शिखर पावरको शेयर झन्डै ६ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन बेनी हाइड्रोपावरको शेयर ५ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ७ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीको १ करोड ५४ लाख कित्ता शेयर ५ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

   पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार

SITENAME

युरोपका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकापछि सुरक्षा जाँच

  युरोपका विभिन्न देशमा उडान भरेका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकासहित धम्की आएपछि सुरक्षा जाँच गरिएको छ । आयरल्याण्डको डब्लिन र पोर्चुगलको

SITENAME

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

  यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी

↑