कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

SITENAME


धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो ।


जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले  टीकापुर क्षेत्रमा विभिन्न व्यक्तिका मोबाइल चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ एकतानगर बस्ने २४ वर्षीय अमित तिमिल्सिना र धिरेन्द्र शाही रहेको तिमिल्सिनाले बताए ।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल बरामद गरिएको छ ।

यस्तै, टीकापुरमै मोटरसाइकल चोरी गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको छ ।

टीकापुर नगरपालिका–१ एकतानगर बस्ने धनबहादुर साउँदको घरअगाडि पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल ९ग्प्०६–द्यन् २९६८० चोरी भएको थियो ।

खोजतलासका क्रममा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने २० वर्षीय आकाश बिष्ट, एकतानगर बस्ने २४ वर्षीय भिम बराल र २४ वर्षीय नरेश रावल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले मोटरसाइकल चोरी गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारिएको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

देउवाको गृह जिल्लामा बाजागाजा सहित भव्य रुपमा गरियो अधिवेशन सुरु

सुदूरआवाज डडेल्धुरा । नेपाली काँग्रेसका पूर्व केन्द्रिय पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा शनिबार

SITENAME

 नेपाली काँग्रेस देउवा समुहले आज देखि डडेल्धुरा सदरमुकाममा जिल्ला अधिवेशन गर्दै

सुदूरआवाज डडेल्धुरा । नेपाली काँग्रेसको देउवा समुहले आजदेखि डडेल्धुरा सदरमुकाममा १५औं केन्द्रिय महाधिवेशन तथा ८औं जिल्ला अधिवेशन गर्ने कार्यक्रम

SITENAME

डडेल्धुरा नेपाली काँग्रेस देउवा समुहको जिल्ला अधिवेशन कात्तिक १४ र १५ गते

सुदूरआवाज डडेल्धुरा । नेपाली काँग्रेसको ८औं जिल्ला तथा १५ औं केन्द्रिय अधिवेशन डडेल्धुरामा कार्तिक १४ र १५ गते हुने तय गरिएको छ । जिल्ला सदरमुकाममा

↑