एनपीएल  : चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिको दोस्रो जीत

SITENAME

 

 नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटको हराएको छ ।

यस प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जीत हो ।  सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो ।

हिजो भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६ दशमलव चार ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि ब्रेन्डन म्याकमुलेनले २१ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए ।

यस्तै, ईशान पाण्डेले २१ र विनोद भण्डारीले ११ रन जोडे । अविजीत रहेका शेरफन रदरफर्डले २१ र आरिफ शेखले २० रन बनाए । चितवनका लागि बलिङतर्फ रञ्जीत कुमारले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।

यस्तै, मौसम ढकाल र रिजन ढकालले समान एकरएक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनाएको थियो  । रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले ।

यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५ र१५ तथा विवेककुमार यादवले १७ रन जोडे । सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एकरएक विकेट लिए । यसअघि भएको पहिलो खेलमा काठमाण्डौ गोर्खाजले कर्णाली याक्सलाई चार विकेटको हरायर पहिलो जीत दर्ता गरेको थियो ।

एनपीएलमा आज  विराटनगर किंग्स र जनकपुर बोल्टस् तथा  लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेलहुदैँछन् । आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस
SITENAME

एनपीएल  : विराटनगरले जनकपुरलाई २ रनले हरायो

   नेपाल प्रिमियर लिग एनपीएल मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य

SITENAME

एनपीएल : कर्णालीलाई हराउँदै काठमाण्डौको पहिलो जीत  

नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमाण्डौ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डौले १९ ओभर ४ बलमा

SITENAME

जनकपुर बोल्ट्ससँग पोखरा एभेन्जर्स ९ रनले पराजित

   नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।  त्रिवि

↑