अमेरिकामा आज मध्यावधि चुनाव

SITENAME

 

अमेरिकामा आज मध्यावधि संसदीय चुनाव हुँदैछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मध्यसमयमा संसद् ९कंग्रेस० को नियन्त्रण कुन दलको हातमा जाने भन्ने फैसला गर्नका लागि यो चुनाव हुन लागेको हो ।

यस चुनावमा हाउस अफ रिप्रिजेन्टेटिभ्स अर्थात तल्लो सदनको सबै ४३५ सिटका लागि मतदान हुन गइरहेको छ । अमेरिकाका ३९ राज्य तथा क्षेत्रहरूमा नयाँ गभर्नर चयनका लागि चुनाव हुनेछ ।

अमेरिकी मध्यावधि चुनाव अघि नै भएका प्रारम्भिक मतदानमा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् ।

न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ । रोयटर्स र इप्सोसको सर्वेक्षणअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी प्रारम्भिक मतदानमा पछाडि परेको देखाएको छ ।

अमेरिकामा लाखौँ मतदाताहरूले ‘अर्ली भोटिङ’ अर्थात् प्रारम्भिक मतदानमार्फत यसअघि नै आफ्नो मत खसालिसकेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

   पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार

SITENAME

युरोपका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकापछि सुरक्षा जाँच

  युरोपका विभिन्न देशमा उडान भरेका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकासहित धम्की आएपछि सुरक्षा जाँच गरिएको छ । आयरल्याण्डको डब्लिन र पोर्चुगलको

SITENAME

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम घट्यो

   हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६।६२ अङ्कले बढेर २ हजार ६६४।१३ विन्दुमा पुगेको छ । आज

↑