युरोपका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकापछि सुरक्षा जाँच

SITENAME

 

युरोपका विभिन्न देशमा उडान भरेका ७ यात्रुवाहक विमानमा बम राखिएको आशंकासहित धम्की आएपछि सुरक्षा जाँच गरिएको छ । आयरल्याण्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट रोम पुगेका दुई विमानमा नचिनेका व्यक्तिबाट बमको सूचना आएपछि खोजी गरिएको थियो ।

डब्लिनबाट आएको विमानलाई अवतरण नहुँदासम्म इटालीको वायुसेनाले सुरक्षा दिएको थियो । तर, दुवै विमानमा कुनै विस्फोटक पदार्थ फेला नपरेको बीबीसीले जनाएको छ ।  

त्यस्तै, पोल्यान्ड, स्पेन र बुल्गेरियामा पनि विमानहरूको सुरक्षा जाँच गरिएको थियो । म्यानचेस्टरबाट स्पेनको मर्सिया विमानस्थलमा गएको विमानमा समेत बम राखिएको सूचना आएपछि यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर जाँचका क्रममा कुनै पनि विस्फोटक पदार्थ नभेटिएको अधिकारीहरुले जनाएका छन् ।

यसैगरी, बेलायतको लन्डन हिथ्रो विमानस्थलबाट पोल्यान्डको वार्सा जाँदै गरेको विमानलाई निर्धारित विमानस्थलमा अवतरण गर्न नदिई अर्को विमानस्थलमा अवतरण गराइएको थियो ।

यी घटनाबीच आधिकारिक रूपमा कुनै सम्बन्ध पुष्टि भएको छैन । तर, विभिन्न देशका अधिकारीहरूले यसबारे सहकार्य गर्दै घटनाहरू योजनाबद्ध रूपमा गराइएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्ने भएका छन् ।

उड्डयन सुरक्षा विज्ञ पल मेसनले विभिन्न विमान कम्पनीका उडानमा एकैपटक बमको धम्की आउनु असामान्य घटना भएको बताउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

   पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार

SITENAME

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम घट्यो

   हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६।६२ अङ्कले बढेर २ हजार ६६४।१३ विन्दुमा पुगेको छ । आज

SITENAME

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

  यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी

↑