एनपीएल  : चितवनलाई हराउँदै कर्णालीको सान्त्वना जीत

SITENAME

 

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १९ ओभर १ बलमा १२९ रन बनाउँदा सबै विकेट गुमायो । चितवनका उसामा मिरले नटआउट २८, कामिल मिशाराले २५ रन बनाए । कर्णालीका हुसैन तलातले ३ तथा पवन सर्राफ र मार्क वाटले २र२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो । कर्णालीका हुसैन तलतले नटआउट ५१, आरिफुल इस्लामले ३५ रन बनाए । चितवनका कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले २र२ विकेट लिए ।

चितवन प्लेअफमा पुगिसकेको छ भने कर्णाली प्लेअफबाट बाहिरिइसकेको छ । चितवन ७ खेलमा ७ अङ्कसहित चौथो र कर्णाली ७ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ ।

एनपीएलमा लिग चरणको अन्तिम खेलमा आज बेलुकी ५ बजे काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर्स खेल्दैछन् । काठमाण्डौ गोर्खाज प्लेअफमा पुगिसकेको छ भने पोखरा प्लेअफबाट बाहिरिइसकेको छ । काठमाण्डौ ६ खेलमा ८ अङ्कसहित तेस्रो र पोखरा ६ खेलमा २ अङ्कसहित पुछारमा छ ।

यसअघि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेका छन् । लिग चरणको अन्तिम खेलपछि लुम्बिनीसँग क्वालिफायर खेल्ने र चितवनसँग एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

प्रतिकृया दिनुहोस
SITENAME

एनपीएलको प्लेअफ समिकरण पूरा

नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको प्लेअफको समीकरण पूरा भएको छ । लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र

SITENAME

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै

   तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे

SITENAME

पोखराको लगातार चौथो हार

  नेपाल प्रिमियर लिग ९एनपीएल० मा पोखरा एभेन्जर्सको हारको शृङ्खला रोकिएको छैन । लगातार तीन हारपछि कप्तान परिवर्तन गरेर मैदान उत्रिएको पोखराले

↑