एनपीएलको प्लेअफ समिकरण पूरा

नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको प्लेअफको समीकरण पूरा भएको छ । लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।
हिजो भएको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डौ गोर्खाजलाई ५५ रनले पराजित गरेपछि प्लेअफको स्थान निर्धारण भएको हो ।
अब क्वालिफायर वानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् । इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । क्वालिफायर वान भोलि हुनेछ, इलिमिनेटर पर्सि र बिहीवार क्वालिफायर टु हुनेछ ।
क्वालिफायर वानको पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । ११ अंक जोडेको साविक विजेता लुम्बिनी पहिलो र १० अंक जोडेको साविक उपविजेता सुदूरपश्चिम दोस्रो स्थानमा रहेका छन् ।
हिजो भएको खेलमा पोखराले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १९ ओभर ५ बलमा १ सय ६९ रनमा समेटियो । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।
हिजै भएको पहिलो खेलमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ ।

एनपीएल : चितवनलाई हराउँदै कर्णालीको सान्त्वना जीत
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ । कर्णालीले दिएको १५४ रनको

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे

पोखराको लगातार चौथो हार
नेपाल प्रिमियर लिग ९एनपीएल० मा पोखरा एभेन्जर्सको हारको शृङ्खला रोकिएको छैन । लगातार तीन हारपछि कप्तान परिवर्तन गरेर मैदान उत्रिएको पोखराले





प्रतिकृया दिनुहोस