जनकपुर बोल्ट्ससँग पोखरा एभेन्जर्स ९ रनले पराजित

नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमात्रै बनाउन सक्यो। पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
पोखराका लागि विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ तथा किरण ठगुन्नाले १५ रन बनाए । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
जनकपुरको जितमा मोइन अलीले तीन विकेट लिए। कप्तान हर्मीत सिंह र सैफ हसनले २र२ तथा जिम्मी निशम र ललित राजवंशीले १र१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले सात विकेटको क्षतिमा १४७ रन बनाएको थियो। जनकपुरका त्रितराज दासले सर्वाधिक ६१ रन बनाए । मोइन अलीले १६ बलमा २१ रन बनाए । यस्तै, अभिषेक तिवारीले १० बलमा अविजित २४ रन बनाए । पोखराका बलरमध्ये शाकिब अल हसनले तीन विकेट लिए। चमिका करुणारत्नेले दुई तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले १र१ विकेट लिए।

एनपीएल : विराटनगरले जनकपुरलाई २ रनले हरायो
नेपाल प्रिमियर लिग एनपीएल मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य

एनपीएल : चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिको दोस्रो जीत
नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटको हराएको छ । यस प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जीत हो ।

एनपीएल : कर्णालीलाई हराउँदै काठमाण्डौको पहिलो जीत
नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमाण्डौ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डौले १९ ओभर ४ बलमा







प्रतिकृया दिनुहोस