एनपीएल : कर्णालीलाई हराउँदै काठमाण्डौको पहिलो जीत  

SITENAME


नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमाण्डौ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ ।

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डौले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । काठमाण्डौका राशिद खानले ५०, कप्तान करण केसीले ४४ रन बनाए । यस्तै चर्चित अस्ट्रेलियाली क्रिकेटर डेभिड वार्नर १६ रन बनाएर आउट भए । वार्नरलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड आउट गरे । कर्णालीका सोमपाल कामी र हुसैन तलातले २र२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । कर्णालीका आरिफुल इस्लामले ४४, हुसैन तलातले ४०, पवन सर्राफले नटआउट ३० रन बनाए । काठमाण्डौका कप्तान करण केसीले २ विकेट लिए ।

प्रतियोगितामा काठमाण्डौ यो पहिलो जीत हो । काठमाण्डौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । यस्तै कर्णालीको यो पहिलो हार हो । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किङ्ग्सलाई ४ विकेटले हराएको थियो ।

एनपीएलमा आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे शुरू हुनेछ ।

प्रतियोगितामा चितवनको यो तेस्रो खेल हो । चितवनले पहिलो खेलमा विराटनगरलाई ८ रनले हराएको थियो भने लुम्बिनी लायन्ससँगको दोस्रो खेल नतिजाविहीन भएको थियो ।

यस्तै सुदूरपश्चिमको यो चौथो खेल हो । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग ७ विकेट र तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो ।

आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस
SITENAME

एनपीएल  : विराटनगरले जनकपुरलाई २ रनले हरायो

   नेपाल प्रिमियर लिग एनपीएल मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य

SITENAME

एनपीएल  : चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिको दोस्रो जीत

   नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटको हराएको छ । यस प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जीत हो ।

SITENAME

जनकपुर बोल्ट्ससँग पोखरा एभेन्जर्स ९ रनले पराजित

   नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।  त्रिवि

↑